काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधि र सरकारबिच भएको १० बुँदे सम्झौता भविष्यका आन्दोलन र राजनीतिक परिवर्तनलाई निर्देशित गर्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेकी छन् ।

बुधवार सिंहदरबारमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् । उनले जेनजी तथ शहीद परिवार र सरकारबीच भएको सम्झौता कार्यान्वयनमा समय लागेपनि महत्वपूर्ण दस्तावेजको रुपमा रहने बताइन् ।

उनले विश्व भरीका देशहरुमा नेपाल जेनजी आन्दोलनको अग्रज मुलुक रहेको बताउँदै सरकार र जेन जी प्रतिनिधिबीच भएको यस सम्झौतालाई अन्य देशहरुले समेत अनुसरण गर्ने विश्वास व्यक्त गरिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।