काठमाडौं ४ असार । दाेस्राे चरणकाे निर्वाचनका लागि अाज मनाेनयन हुदैछ । सरकारको निर्णय अनुसार असार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन हुँदैछ ।
र, यसको मनोनयन आइतवार हुन गइरहेकाे हाे । उम्मेदवारी दर्ताका लागि असार ४ गते आइतबार बिहान ८ देखि ४ बजेसम्मको समय तय गरिएको छ । दूइ नम्वर प्रदेशको चुनाव असोजमा सरेपछि ३३४ स्थानीय तहमा निर्वाचन हुन लागेको हो ।
दोस्रो चरणको ‘स्थानीय तह निर्वाचन’ को तयारी पूरा भईसकेकाे निर्वाचन अायाेगले जानकारी दिएकाे छ ।
दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ । यस निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने छन् । असार १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।