काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एक भएर अघि बढ्न सहमत भएका छन् ।
दुवै पक्षका दुई-दुई जना रहेको चार सदस्यीय वार्ता समितिबीच छलफल भएकाे थियाे । अन्तिम टुंगो भने भाेलि हुने भएकाे छ ।
के-के विषयमा सहमति जुट्यो भन्नेबारे दुवै पक्षले विस्तृत रूपमा खुलाएका छैनन्।
रास्वपाका एक नेताका अनुसार मेयर शाहलाई सहसभापति र प्रधानमन्त्री बनाउने भन्ने कुरा प्रस्तावित छ। केन्द्रीय समितिमा मेयर बालेन शाह पक्षलाई पनि समेट्नेजस्ता कुराहरू छन्।
Comments








