काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १३ जना सहसचिवको सरुवा गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्रालयले केहि दिन अघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय भित्रिएका ७ जना सहसचिवमध्ये ६ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने सहसचिव शशिकुमार घिमिरेले कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी तोकेको छ ।

हेर्नुहाेस् पूर्ण विवरण

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।