Sunday, August 16, 2026
20.1 C
Kathmandu
Home समाचार संसद विघटन भएको तीन महिनापछि सभामुख र उपसभामुखको पदावधी आज कसरी भयो...

संसद विघटन भएको तीन महिनापछि सभामुख र उपसभामुखको पदावधी आज कसरी भयो समाप्त ?

काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि संसद समेत विघटन भएको थियो । संसद विघटनसँगै प्रतिनिधिसभा सदस्य सबैको पद गएको थियो । तर, सभामुख र उपसभामुखको पद भने बहालमा नै थियो ।

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको पदावधि औपचारिक रूपमा अब भने समाप्त भएको छ। संवैधानिक व्यवस्था अनुसार उनीहरूको कार्यकाल आज राति १२ बजेदेखि अन्त्य भएको हो।

नेपालको संविधानअनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा बहाल रहेका सभामुख र उपसभामुख प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्र पदमा रहने व्यवस्थाका कारण आजदेखि उनीहरुको पदावधी समाप्त भएको हो ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ। सो निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची आज र भोलि निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यतालिका रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।