काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २४ गतेको घटना नियोजित भएको बताएका छन् । उनले भदौ २३ गतेको घटनाको भने नैतिक जिम्मेवारी लिए बताएका छन् ।
सोमबार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै उनले २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताएका हुन् ।
आफ्नो राजीनामापछि भदौ २४ गते भएका हिंसात्मक घटना राष्ट्रिय अस्तित्व,स्वाभिमान र लोकतन्त्रविरुद्ध भएको र कुनै पनि देशभक्त नेपालीले कल्पना गर्नै नसक्ने कुरा भएको उनको भनाइ छ ।
Comments







