काठमाडाैं । मकवानपुरस्थित भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आइतबार सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

चार जनाको दुर्घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो सडकबाट एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उक्त स्थानमा यसअघि पनि तीनवटा हलुका सवारी साधन दुर्घटना भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।