काठमाडौं । सरकारले माघ १ अर्थात् आजदेखि पाँच लाखमाथिको कारोबार बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने नियम लागू गरेको छ ।

पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यका वस्तु तथा सेवाको कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको हो ।

गत मंसिर १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।

यसअघि पहिलो पटक २०७३ चैत १० गते राजपत्रमा सूचना प्रकाशित गरी नगद कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएर २०७४ साउन १ गतेदेखि लागू भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।