काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वकाे कार्यसमितिलाई दिएकाे छ ।
आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष पार्टी र चुनाव चिह्न बिहिन बनेकाे छ । उक्त पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिनेछ ।
Comments







