काठमाडाैं । निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई दिएपछि शेरबहादुर देउवा पक्षले आयाेग परिसरमा नाराबाजी गरिरहेकाे छ ।
२७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । त्यसपछि दुवै पक्ष आधिकारिकताकाे माग गर्दै निर्वाचन आयाेग पुगेका थिए । आयाेगले थापा नेतृत्वकाे समुहलाई वैधानिकता दिएकाे हाे ।
यसअघि, देउवा पक्षले आफूहरूले आधिकारिकता नपाए देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिएकाे थियाे ।
Comments







