Monday, September 7, 2026
28.1 C
Kathmandu
Home समाचार धरानका मेयर हर्क साम्पाङले पनि दिए राजीनामा

धरानका मेयर हर्क साम्पाङले पनि दिए राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पदबाट राजीनामा दिएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आइतबार पदबाट राजीनामा दिएका हुन्। साम्पाङले उपप्रमुख उपप्रमुख अइन्द्रबिक्रम बेघासमक्ष आफ्नो राजीनामा बुझाएका छन्।

साम्पाङले संसदीय चुनाव लड्न श्रम संस्कृति पार्टी गठन गरेका छन्। उनी सो पार्टीका अध्यक्ष हुन्। साम्पाङले २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र लडेर चुनाव जितेका थिए।

आज नै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि राजीनामा दिएका छन्। उनी पनि आगामी चुनावमा सांसद लड्दैछन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।