काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले छाडेका छन् । पार्टीले टिकट नदिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् ।

रुपन्देही-३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट थिए । उनी रुपन्देही-३ बाट उम्मेदवार आकांक्षी थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।