काठमाडौँ । सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्राचार गर्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ। गृह मन्त्रालयको मिति २०८२ माघ ४ गते को निर्णयअनुसार सरुवा कार्यान्वयनमा आएको हो।

निर्णयअनुसार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा, मकवानपुरमा कार्यरत डीआईजी अरुण पौडेललाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग अन्तर्गत कार्य निर्देशनालय, नक्साल, काठमाडौँमा सरुवा गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय, नक्साल, काठमाडौँमा कार्यरत डीआईजी जयाराज सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा सरुवा गरिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा, कास्कीमा कार्यरत डीआईजी दिनेश कुमार आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, काठमाडौँमा सरुवा गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, नक्साल, काठमाडौँमा कार्यरत डीआईजी दिपक रेग्मीलाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा, मकवानपुरमा सरुवा गरिएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, काठमाडौँमा कार्यरत डीआईजी दिपेन्द्र धर्ती क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा, कास्कीमा सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले सरुवासम्बन्धी निर्णय तत्काल कार्यान्वयन गरी आवश्यक कारबाही गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ। यसअघि पनि ठूलो सङ्ख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।