काठमाडौं ।काठमाडौं । अन्तरिम सरकारका ३ मन्त्रीले दिएको राजीनामा एकसाथ स्वीकृत भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताको राजीनामा स्वीकृत गरी उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयम्‌ले सम्हाले गरी तोकिएको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु तीनै जना मन्त्री पद छाडेर चुनावी प्रतिस्पर्धामा होमिन लागेका हुन् ।

जगदीश खरेल ललितपुर २ मा रास्वपाबाट, महावीर पुन म्याग्दीबाट र बब्लु सिरहाबाट चुनाव लड्ने तयारीमा छन् । पुनले स्वतन्त्र रुपमा उम्मेदवारी दिईसकेका छन् । उनलाई रास्वपाले सघाउनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।