कृषकहरुको आवाज बनेर मेरो उम्मेदवारी : हरि रोका

काठमाडाैं । बाम तथा अर्थ विश्लेषक हरि रोकाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका रोकाले कृषकहरुको आवाज बनेर आफूले उम्मेदवारी दिएको बताएका छन् ।

‘म चार वर्षदेखि गाउँमै कृषि गरिरहेको मान्छे हुँ, मेरो मन बदलिएको छैन अहिले पनि म किसान नै हुँ,’ उम्मेदवारी दिएपछि उनले भने, ‘अहिले म कृषकहरुको माझमा बसेर हलो कोदालो चलाइरहेको छु, मेरो उम्मेदवारी कृषकहरुकै पक्षमा हुनेछ ।’

रोकाले हामीले कस्तो खालको कृषि गरियो भने उन्नती हुन्छ र कस्तो नीति चाहिन्छ भनेर आफूले अनुभव गरिरहेको बताउँदै जितेपछि कृषककै पक्षमा जहिले पनि बोल्ने र लागिरहने समेत बताएका छन् ।

उनले सामान्य किसानहरुसँग मिल्न र उनीहरुको भावना बुझ्न भनेरै आफूले पिएचडी गरेपनि डा. नलेखेको समेत बताए । ‘म सामान्य किसान जस्तै भएर बाँचौ भन्ने हो, डा. लेखेर सामान्य किसानसँगको दुरी नबढोस् भनेरै मैले नामको अगाडी अहिलेसम्म डा. लेखेको छैन ।’ उनले भने ।

खोटाङमा दुई स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । नेकपाबाट रोकाले उम्मेदवारी दिँदा नेपाली कांग्रेसबाट वीरकाजी राई र नेकपा एमालेबाट देवविक्रम राईले उम्मेदवारी दिएका छन् ।

खोटाङमा नेकपा, कांग्रेस र एमालेबीच त्रिपक्षिय कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...