Friday, October 2, 2026
25.1 C
Kathmandu
Home समाचार बालेनमा गएका युवा संघ दमक सचिव फर्किए एमालेमै

बालेनमा गएका युवा संघ दमक सचिव फर्किए एमालेमै

काठमाडौं । नेकपा एमाले निकट युवा संघका दमक सचिव कमलप्रसाद गैरे २४ घण्टा नबित्दै पुनः पार्टीमै फर्किएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवार बनेपछि प्रभावित भएर गैरेले एमाले त्यागेको बताएका थिए।

तर बिहीबार सामाजिक सञ्जाल स्ट्याटस लेख्दै आफू एमालेमै रहने बताएका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर पनि फेसबुकमा राखे छन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।