काठमाडौं । भारतको बारामती विमानस्थलमा भएको विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । आज बिहान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।
घटनामा अजित पवारसँगै चार अन्य व्यक्ति पनि सवार थिए, जसमा दुई चालक दलका सदस्य र पवारका दुई सहयोगी थिए । उनीहरू सबैको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विमान रनवेनजिकै दुर्घटनाग्रस्त भएर आगो लागेको थियो। ६६ वर्षीय पवार महाराष्ट्रका चर्चित राजनीतिज्ञ थिए ।
Comments







