काठमाडौं । विराटनगर महानगरपालिका– ४, जोला टोलस्थित दाहाल कृषि फार्ममा बर्ड फ्लु देखिएका ६ हजार कुखुरा नष्ट गरिएको छ।

विराटनगर महानगर पशुपन्छी विकास शाखा प्रमुख हिरालाल यादवका अनुसार सोमबार राति अबेरसम्म नष्ट गर्ने प्रक्रिया सुरु गरी मंगलबार बिहानदेखि १५ जनाको टोली खटिएको हो।

राति कुखुरा नष्ट गर्ने र बिहानैबाट बोकेर खाल्डो बनाई पुर्ने काम भइरहेको छ। जेनजी आन्दोलनका क्रमाम स्रोत साधन जलेका कारण नष्ट गर्ने कार्यमा समस्या भएको छ ।

कार्यालयले खाल्डो खन्न जेसीबी नभएको र तीन हजारको संख्यामा कुखुरा बोक्न ट्याक्टर लगायतका सवारी साधन समेत नभएको नजनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।