काठमाडौँ । केन्द्रीय समितिबाट राजीनामा अस्वीकृत भएसँगै नेपाली कांग्रेसका सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्। यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठक दिउँसो १ बजे बैठक बस्ने बताए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।