काठमाडौं । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १ हजार ६ सयले घटेको हो ।
महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ७५ हजार ५ सयमा कारोबार भएको छापावाल सुन मंगलवार घटेर प्रतितोला २ लाख ७३ हजार ९ सयमा कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला ४ हजार ४ सय २५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला ४ हजार ५ सय ५ रुपैँयामा कायम भएको छ ।
Comments







