काठमाडौँ, ६ माघ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले धनुषा, महोत्तरी र रौतहटका करिब ४०० परिवारलाई न्यायो कपडा वितरण गरेको छ ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार शनिबार मात्रै महोत्तरीको भगाहा नगरपालिकाका २०० भन्दा बढी मुसहर परिवारलाई न्यायो कपडा, कम्बल वितरण गरिएको छ । यस्तै शनिबार नै धनुषाको धनुषाधाम नगरपालिकाको वडा नं ६, ८ र ९ वडाका २०० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

वाइसिएलका अध्यक्ष सापकोटा नेतृत्वको टोलीले तराईका विभिन्न आठ जिल्लामा न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको छ ।

महोत्तरीको भगाहा नगरपालिका सिद्धपुरको दलित तथा मुसहर बस्तीका २०० परिवारलाई न्यानो वितरण गरी न्यानो वितरण अभियान शुरू गरेको जानकारी दिँदै अध्यक्ष सापकोटाले धनुषाको धनुषाधाम नगरपालिका वडा नं ६, ८, ९ मा न्यानो कपडा वितरणमा महासचिव सुबोधराज शेर्पाली नेतृत्वको टोली परिचालित भएको बताए ।

अध्यक्ष सापकोटाले भने, “हामी दुःख बाँडेका छौँ हामीले दिएको कपडाले तराई न्यानो त नहोला तर मन न्यानो हुन्छ ।” अब बन्ने वाम गठबन्धनको सरकारले गरिबी उन्मूलनको ठोस कार्यक्रम ल्याउने भन्दै उहाँले आगामी वर्ष यत्तिको दुःख नहुने विश्वास व्यक्त गरे ।

महोत्तरी, घनुषा, सिराहा, सप्तरी रौतहट, बारा र पर्सामा वाइसिएलको न्यानो वितरण कार्यक्रम रहेको जनाएको छ । साथै ५० हेक्टर नेपाली भू–भाग मिचिएको पर्साको वीरगञ्जमा समेत वाइसिएलले स्थलगत निरीक्षण गरी नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।