काठमाडाैं । एमाले नेता जगन्नाथ थपलिया ओलीकै अगाडी ढले । एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाब खेपिरहेका जगन्नाथ थपलिया सोमबार राति बोल्दाबोल्दै अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा ढलेका थिए । उनी हस्पिटल नै भर्ना हुनु परेको छ ।
यता, एमालेभित्र कोशी प्रदेशको मुख्यमन्त्री फेर्ने विषयलाई लिएर लफडा झनै चर्किएको छ ।
गुन्डुमा बोलाइएका थपलियालाई मध्य रातसम्म राजीनामा गर्न दबाब दिए । त्यस क्रममा उनीहरुबीच निक्कै चर्काचर्की र भनाभन समेत भयो । ओलीले पार्टीको निर्णय र अहिलेको परिस्थितिमा राजीनामा गर्न निरन्तर दबाब दिए । जसरी हुन्छ घुमाई फिराई राजीनामा नै दिनु भन्नेमा ओली पुग्थे ।
त्यस क्रममा मुख्यमन्त्री कार्कीले पनि आफ्नो अडान दह्राेसँग राखे । मैले किन राजीनामा दिनुपर्यो भनेर उनी ओलीसँग कडा रुपमा प्रस्तुत भएका थिए ।
आफ्नो नेतृत्वमा रहेको सरकारमा मुख्यमन्त्री परिवर्तनको औचित्य पुष्टि गर्न भन्दै पार्टीमा निर्णय गरे एक सेकेन्ड पनि नबस्ने भन्दै ठाडो चुनौती पेश गरेका थिए ।
‘अहिले केही महिना मात्रै बाँकी छँदा मैले मुख्यमन्त्री किन छोड्नुपर्ने ?’ म बदनाम बनेँ कि ? मैले केही काम गर्न सकिनँ कि ?’ उनले ओलीसँग आक्रोशित हुँदै भनेका थिए ।
ओलीले उनलाई जसरी पनि हटाउन खोजेका छन् । यसअघि ओलीले कोशी प्रदेशका नेताहरुलाई फोन गरेर एउटै मान्छेलाई कति पटक पदमा राखिरहने भन्दै हटाउन लाग्न भनेका थिए । ओलीले कोशीमा नेतृत्व परिवर्तन गरेर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन लागि परेका छन् ।
ओलीले आफू इतरका नेताहरुलाई जसरी पनि हटाउन लागेका छन् । यसअघि पार्टीका अध्यक्ष, प्रदेश इन्चार्ज र अरु सांसदहरूले तपाईंले सक्नु हुन्न, छोड्नुस भनेपछि थपलिया ढलेको जनाइन्छ । ५० वर्ष बढी कम्युनिष्ट आन्दोलनमा योगदान गरेका थपलिया आज कसरी अयोग्य भएँ भनेर बोल्दाबोल्दै बेहोस् भएका थिए ।







