माछापुच्छ्रे बैंकको डिसिओमा कल्याण विक्रम पाँडे

काठमाडौं। माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। डेले साउन २९ गतेबाट नै जिम्मेवारी सम्हालिसकेकाे बैंकले जनाएकाे छ ।

बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको संख्या तीन पुगेको छ। यसअघि विश्वम्भर न्यौपाने र सुवास जमरकट्टेल नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका पाँडेले यसअघि ग्लोबल आइएमई, कुमारी, साविकको जनता र लक्ष्मी बैंकमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए।

बंगलौर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणीका साथै अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ विथ अनर्समा बी-टेक हासिल गरेका पाँडेसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालन लगायत ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ क्षेत्रको गहिरो अनुभव रहेको बैंकले जनाएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।