माघ ६ काठमाडौँ
पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल तोकिएपछि सोको विरोधमा आन्दोलन चर्किदै गएको छ । यसैविच माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पनि रुकुमपूर्व, बर्दिया र पश्चिम नवलपरासीका जनताको पायक पर्ने ठाउँमा राजधानी तोकिनुपर्ने बताएका छन् । पार्टीका प्रदेश ५ इन्चार्ज  समेत रहेका उनले सरकारले संघीयता नै नबुझेर प्रदेश मुकाम तोकेको बताएका छन् । 
उनले  प्रदेश ५ को अस्थायी मुकाम अपायक भएको बताउँदै तत्काल निर्णय सच्याउनुपर्ने बताएका छन् ।  रोल्पा नगरपालिकाको लिबाङस्थित वडा नं ४ को नयाँ भवन उद्घाटनमा पुगेका नेता पुनले  दाङ प्रदेश राजधानी हुनुपर्नेमा जोड दिँदै उच्च अदालत राखिएको प्रदेश निर्वाचन हुने ठाउँमै मुकाम हुनुपर्ने बताएका छन् । उनले भने, ‘सरकारले गलत निर्णय गरेको छ ।’ 
पुनले भन्छन् ‘संघीयता भनेको सबै जनताका लागि पायक पर्ने स्थानमा प्रदेश मुकाम र स्थानीय तह लैजाने भन्ने हो । प्रदेश ५ को अस्थायी मुकाम अपायक हुने गरी तोकिएको छ,’ पुनले भने, ‘जनतालाई पायक पर्ने ठाउँ ख्याल गरेर निर्णय सच्याउनुपर्छ । यसका लागि समय छ ।’
प्रदेशस्तरका आयोग, प्रहरी र न्यायलयको संरचना बसिसकेकाले दाङ मुकामका लागि आन्दोलन स्वाभाविक भएको पनि टिप्पणी गरे ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।