हेटौँडा, ८ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नं १४ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

वडा अध्यक्षमा माओवादीका दीपक खड्काले एक हजार २०३ मत ल्याए  भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सानु थिङले ६४१ मत ल्याए ।

यसैगरी वडा नं १५ को वडाअध्यक्षमा नेपाली काँग्रेसका महारत्न लामा विजयी भएको छ । वडाअध्यक्षमा विजयी लामाले एक हजार ३४३ मत ल्याए भने उनका  प्रतिद्वन्द्वी एमालेका सुनिल मोक्तानले एक हजार २८८ मत ल्याए ।

त्यस्तै वडा सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।