माघ ६ काठमाडौँ
विराटनगरमा पेट्रोलियम एवं सब्जी व्यवसायी गर्दै आएका ४९ वर्षीय पशुपति भगतमाथि  साङ्घातिक आक्रमण  भएको छ ।
 विराटनगर बसपार्कमा अन्नपूर्ण सप्लायर्स पेट्रोल पम्प संचालन गर्दै आएका उनलाई  गुण्डागर्दीमा संलग्न एक समूह शुक्रबार राति आक्रमण गरेको हो ।  उनको शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरिएको छ । घाइतेको देव्रे घुँडाको हड्डी आधा काटिएको तथा  देव्रे हात र ढाडमा पनि खुकुरीले काटेको गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
 गम्भिर घाईते भएका उनलाई कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि राति नै विराट नर्सिङ होममा लगिएको छ। प्रहरीले घटनामा संलग्न  दुई भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरेको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।