नवलपरासी, ३ जेठ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छन् ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बनिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गरे ।

त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी बनेकी छिने भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।