काठमाडौं २ जेठ
स्थानीय तहको निर्वाचन अन्तर्गत धमाधम परिणाम आईरहेको छ । पछिल्लो परिणाम अनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा देखिएका छन् ।
एमालेले १४, काँग्रेसले १३ र माओवादीले ११ स्थानमा जित हासिल गरेको छ। यता, डोल्पोबुद्ध र दालोमेबाट स्वतन्त्रबाट उम्मेदवार चुनिएका छन्।
कांग्रेसले विजय हासिल गरेका स्थानहरुः

१ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना

२ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा

३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा निर्विरोध

४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले

५ मुस्ताङ, थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन

६ जाजरकोट, कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत

७ मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट

८ मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ

९ दैलेख, ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल

१० जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा

११ जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल

१२ गोरखा, चुमनुब्री गाउँपालिकाः धनबहादुर गुरुङ

१३ नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बर बहादुर जिसी
एमालेले विजय हासिल गरेका स्थानहरुः

१ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही

२ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही

३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ

४ डोल्पा, काइके गाउँपालिकाः अंगद राना

५ मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले

६ मनाङ, चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले

७ मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ

८ कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ

९ स्याङ्जा, फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी

१० तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा

११ ललितपुर, महाङ्काल गाउँपालिकाः रामचन्द्र दाहाल

१२ सिन्धुली, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने

१३ रसुवा, गोसाइकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ

१४ दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का

१५ कास्की, रुपा गाउँपालिकाः नवराज ओझा

माओवादीले विजय हासिल गरेका स्थानहरुः

१ डोल्पा, मुडकेचुला गाउपालिका: दतबहादुर शाही

२ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया

३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी

४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही

५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन

६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही

७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल

८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी

९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन

१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान

११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।