दाङ, माघ ६  
प्रमुख तीन राजनीतिक दलले नेतृत्व गरेको अनिश्तिकालीन दाङ बन्द शनिबार पनि जारी रह्यो । पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङमा नतोकिएको भन्दै चार दिनदेखि जारी बन्दका कारण दाङको जनजीवन कष्टपूर्ण बन्दै  गएको छ  । बन्दले यातायात, बजार, उद्योग तथा शैक्षिक संस्था ठप्प बनेका छन् । 
जिल्ला भित्रका आन्तरिक यातायात पूरै ठप्प छ भने पूर्व पश्चिम राजमार्गमा यात्रुहरु अलपत्र परेका छन् ।  बिहानैदेखी राजमार्ग बन्द गरी प्रर्दशन भैरहेको छ । ठाउँ ठाउँमा टायर बालिएको छ ।
आन्दोलनमा सहभागी नभएको भन्दै प्रतिनिधिसभा तथा प्रदेशसभाका केही सांसद तथा प्रधानमन्त्रीको पुतला दहन गरिएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।