काठमाडौँ, २६ वैशाख । प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन) लाई राजधानीबाट पक्राउ गरेको छ । 
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई मंगलबार महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एव्म प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
उनले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताए । यही वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रहरीले धमाधम राजधानीका गुन्डागर्दीमा संलग्नलाई पक्राउ गर्दै आएको छ । 
गत आइतबार गुन्डागर्दीमा संलग्न राजीव गुरुङ (दीपक मनाङ्गे) लाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।