वैशाख २५, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः मन्त्रीपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का तीन मन्त्रीलाई मन्त्रालयको बाडँफाड गरेका छन् ।
फोरमका अध्यक्ष उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा विजयकुमार गच्छदार, भूमिसुधार तथा व्यवस्था मन्त्रीमा गोपाल दहित र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जितेन्द्र देवले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।
सोमबार बेलुका राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको औपचारिक समारोहमा तीनै जना नवनियुक्त मन्त्रीले सपथ लिएका थिए ।
नवनियुक्त स्थानीय विकास मन्त्री गच्छदार १२ औं पटक मन्त्री बनेका हुन् भने दहित र देव पहिलो पटक मन्त्री बनेका हुन् ।
केही दिन अगाडी मात्र, राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले फोरमलाई सरकारमा सहभागी गराएका हुन् ।
Comments