तेह्रथुम, २३ वैशाख । प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै गाउँ गाउँमा प्रयोग हुने गरेको तोरी पेल्ने कोल लोप हुँदै गएको छ ।

कोलमा पेलेको तेल शुद्ध र प्राकृतिक हुने भए पनि विद्युत् तथा डिजेलबाट चल्ने मिल स्थापना भएपछि कोलको प्रयोग हुन छाडेको छ । अहिले जिल्लाका दुर्गम गाउँसम्म सडक सुविधा पुगेको छ । सडक पुगेपछि त्यहाँसम्म पनि प्याकेटमा तयार पारिएको तेल सहजै उपलब्ध हुन थालेको छ ।

प्याकेटमा तयारी तेल उपलब्ध हुन थालेपछि तोरी पेल्ने कोल प्रयोग हुन छाडेको आठराइ गाउँपालिका– ७ का दमन्ता बुढाथोकी बताउनुहुन्छ । समय र पुस्ता परिवर्तनसँगै सुविधा थपिँदै गएको तथा पुराना बस्तुको महत्व घट्दै गएको उहाँको भनाइ छ ।

“पहिले टोल टोलमा कोल हुन्थ्यो, अहिले मिल हालिएको छ,” सुदापका कमानसिंह लिम्बू भन्नुहुन्छ । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।