काठमाडौँ, १७ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आज आफ्नो पदबाट राजिनामा दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई संवोधन गर्दै आइतबार दिइएको राजिनामापत्रमा आजकै मितिबाट राजिनामा दिएको उल्लेख छ । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उनले उल्लेख गरेका छैनन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिएको प्रतिक्रिया दिए ।

पत्रमा अगाडि भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।