काठमाडौं १६ वैशाख
राष्ट्रिय परीक्षा बोर्डद्धारा लिइएको कक्षा १२ को पोल्टिकल साइन्स विषयमा सोधिएको एउटा प्रश्नको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
प्रश्नपत्र नम्बर ६ मा सोधिएको प्रश्नमा, ‘नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस्, (अर) अथवा नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् भनिएको छ ।
प्रश्नमा दलको भूमिकाबारे लेख्नुहोस् भनिएपनि के भूमिका, कुन भूमिका र कस्तो भूमिका भन्नेबारे खुलाइएको छैन । कुनै दललाई तोकेर भूमिका लेख्नुहोस् भन्ने प्रश्नले परीक्षार्थी समेत अलमलमा परेको बुझिएको छ ।
यही प्रश्नको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भईरहेका छन् । कतिपयले पार्टी कार्यकर्ता जस्तै व्यक्तिले प्रश्न गर्दा यस्तो हुन गएको भनेर प्रश्नपत्रको खिल्ली उडाउने काम जारी छ ।
यही प्रश्नको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भईरहेका छन् । कतिपयले पार्टी कार्यकर्ता जस्तै व्यक्तिले प्रश्न गर्दा यस्तो हुन गएको भनेर प्रश्नपत्रको खिल्ली उडाउने काम जारी छ ।
प्रश्न सैद्धान्तिक हुनुपर्नेमा पार्टी विशेष र त्यो पनि स्पष्ट नहुँदा अहिले उच्च माध्यमिक शिक्षा बाेर्ड र प्रश्न काट्ने व्यक्तिको खिल्ली उडाउने काम भएको हो ।
प्रा. रविन्द्र खनाल यो प्रश्न बनाउने पार्टी आरेन्टेड भएको भन्दै पार्टी बिशेष यस्तो प्रश्न सोध्नु गलत भएको बताउँछन् ।
यहीँ प्रश्नबारे सामाजिक सञ्जाल फेसबुकमा नरेन्द्र केसी यसो लेख्छन् –
कक्षा १२ को राजनीतिशास्त्र बिषयमा यो प्रश्नपत्र तयार पार्नेले पक्कै कुनै दिन समानुपातिकमा टिकट पाउँछन् होला है ? यही प्रश्नलाई मैले बनाउनुपरेको भए यस्तो बनाउँथे–
‘नेपालका प्रमुख राजनीतिक दलहरुको बारेमा चर्चा गर्दै कुनै एक दलको भूमिकाको ब्याख्या गर्नुहोस् ।’