काठमाडौं १३ वैशाख । जग्गा एकीकरण गरी जग्गा विकासको माध्यमबाट निर्माण गर्न लागिउको बाहिरी चक्रपथको काम लामो समयपछि अघि बढेको खबर आजको कारोबारमा छ ।

चोभार – गाम्चा – सतुंगल खण्डको ६.६ किलोमिटर सडक निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएसँगै १३ बर्षदेखि रोकिएको काम अघि बढेको हो ।

चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटर सडक पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन सहरी विकास मन्त्रालयले डीपीआर स्वीकृत गरेको मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।