काठमाडौ ३ वैशाख । चिनिया सेनाको एक टोलि नेपाली सेनासँग संयुक्त अभ्यासका लागि काठमाडौंमा उत्रिएको छ । भारत र पश्चिमा राष्ट्रहरुले नजिकबाट नियालिरहेको यो दुई देशबिचको संयुक्त सैन्य अभ्यास मा भाग लिन चिनिया सैन्य टोलि शनिबार नै काठमाडौं आईपुगेको हो ।
काठमाडौंमा आजदेखि सुरु हुने सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङसहित २२ सदस्यीय विशेष सैन्य टोली काठमाडौं आएको हो ।
आजदेखि सुरु हुने नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख १२ गते सकिनेछ । नेपाली र चिनियाँ सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यासबाट छिमेकी मुलुक भारत र केही पश्चिमी राष्ट्र नेपालमा चिनियाँ प्रभाव बढ्न सक्ने भन्दै सशंकित हुँदै आएका छन् । यसअघि नै चिनिया सैन्य टोलीसँग संयुक्त तालिम गर्ने भनिएसँगै भारत र पश्चिमाले चासो राख्दै आएका थिए।
नेपाली सेनाले भने चिनियाँ जनमुक्ति सेनासँग हुन लागेको सैन्य अभ्यास ‘नेपालको परराष्ट्र र सुरक्षा नीति’ मा आधारित रहेको बताउँदै आएको छ । नेपाली सेना र चिनियाँ सेनाबीच हुने सैन्य अभ्यास आतंकवाद सामना गर्ने विषयमा केन्द्रित हुने बताइएको छ ।
नेपाली सेना र चिनियाँ सेनाको संयुक्त सैन्य अभ्यास नेपाली सेनाको विशेष बाहिनीमा हुने स्रोतले बताएको छ । नेपाली सेनाले अभ्यासमा सहभागी हुने नेपाली सैनिकको संख्या सार्वजनिक गरेको छैन । (फाेटाेः प्राेफाइल)
Comments