काठमाडौं ३० चैत
कानुन तथा नीति नियम बनाउने उच्च ओहोदामा बसेका मन्त्री तथा सचिवहरुले नै म्याद नाघेका अखाद्य सामग्री  प्रयोग गरिरहेकाे पाइएकाे छ ।
यसरी अखाद्य सामग्री प्रयाेग गर्नेमा बजारमा अखाद्य र म्याद नाघेको सामानको अनुगमन र निरीक्षण गर्दै हिँडेको आपूर्ति मन्त्रालयका कर्मचारीले समेत मन्त्रालयमा भने अखाद्य वस्तु खाने गरेको भेटिएको हो ।
मन्त्री र सचिवको खाजाका लागि मन्त्रालयमा सप्लाई हुँदै आएको डाइजेस्टिभ बिस्कुट, म्यागी चाउचाउलगायतका उपभोग्य सामान म्याद नाघेका अखाद्य सप्लाई हुने गरेको भेटिएपछि यसको रहस्य खुलेको हो ।
मन्त्री र सचिवको खाजाका लागि मन्त्रालयमा सप्लाई हुँदै आएको डाइजेस्टिभ बिस्कुट, म्यागी चाउचाउलगायतका उपभोग्य सामान अखाद्य रहेको पाइएको हो ।
आपूर्ति मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले पनि पटक(पटक सरकारी निर्देशन नमानेको मनोज भन्ने माइलाको पसललाई फेरि ३ दिने म्याद दिएर छाडेको छ ।
सिंहदरबरारका सबै मन्त्रालयमा रहेका क्यान्टिन तथा प्रहरीको उच्च तहमा म्याद नाघेका सामान सप्लाई हुने गरेको उक्त पसलको संरक्षणमा मन्त्रालयसम्मको हात रहेको देखिएको छ ।
पटक पटकको अनुगमनमा गएर सामान्य निर्देशन दिएर छोड्नु र पसलले निर्देशन वेवास्ता गर्नु मिलेमतोमा हुने अवैध धन्दाकाे अाशंका गरिएकाे छ ।
सिंहदरबारको पूर्वी गेटनजिकै रहेको माइला किराना पसलबाट मन्त्रालयमा सप्लाई हुने गरेको हो । तर त्यही पसल विना दर्ता सञ्चालनमा छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।