जाजरकोट, २३ माघ । नेपाल टेलिकमले अाफ्नाे स्थापना दिवसकाे १४ अाैं वर्षगाठमा विभिन्न प्याकेज घाेषणाा गरिरहे पनि सेवा गुणस्तरीयतामा ध्यान नदिँदा सेवाग्राही भने हैरानी खेप्नु परेकाे छ । पुर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा टेलिकमकाे सेवा पटक पटक ठप्प हुँदै अाएपनि सुधार गर्नेमा खासै चासाे देखाएकाे छैन ।
टेलिकमले वार्षिकोत्सव मनाइरहँदा जाजरकाेटमा दुई दिनदेखि नेपाल टेलिकमद्वारा वितरित ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ ।
सदरमुकामसँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ । नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लगाउने काम भइरहेको बताएको छ ।
फोन सेवा नहुँदा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यम, सरकारी कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको काम समेत ठप्प भएको छ । दुई दिन बितिसक्दासम्म फोनमा आएको समस्याका विषयमा सम्बन्धित निकायले चासो नदेखाएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।