काठमार्डौं ४ माघ
नेपालका पूर्वराष्ट्रपति डा. रामबरण यादवको सुविधा थपबारे विरोध भएको छ । पूर्वराष्ट्रपतिलाई दुई वटा मोटर दिँदै आएकोमा चार वटा दिने सरकारको निर्णयको विरोध भएको हो ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले जाजरकोटका जनताले सिटामोल खान नपाउने तर राष्ट्रप्रमुखहरुको सुविधा थपिर्दै जाने भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा पूर्वराष्ट्रपतिको सुविधा थपबारे विरोध भईरहँदा कतिपयले भने अमेरिकी पूर्व राष्ट्रपति जस्तै बाटो लिन सुझाव समेत दिएका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति ओबामाले आफ्नो पुरानै पेशा कानुन व्यवसायमा फर्कने घोषणा गरेका छन् । ओबामा जस्तै गरेर डा. यादवलाई पनि आफ्नो पेशामा फर्कन सुझाव आएको हो ।

नेपालका पूर्व राष्ट्रपति यादवलाई डाक्टर भएकाले आफ्नै पेशामा फर्कन सुझाव आएको हो । सामाजिक कार्यमा सक्रिय रहेका मिलन पाण्डेले फेसबुकमा लेखेका छन्– ‘पहिलो राष्ट्रपतिको हैसियतमा तपाईले गलत नजिर स्थापित गर्दै हुनुहुन्छ, तपाई डाक्टर हुनुहुन्छ, त्यसैले आफ्नो पुरानो पेशामा फर्कनुस् वा आफ्नै विषयमा वा नेतृतवबारे देश विदेशमा पढाएर सिकाएर योगदान गर्नुहोस् ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।