काठमाडौँ, १३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान सूर्यविनायक शाखामा कार्यरत सहायक प्रशासक छत्रबहादुर पौडेललाई रु ५० हजार घुस लिँदालिँदै कार्यालय परिसरबाट पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार पौडेलले गुठीको जग्गा जोत नामसारी गर्ने प्रयोजनका लागि एक सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोग टोलीले आज पक्राउ गरेको हो ।

पक्राउ परेका सहायक प्रशासक पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।