काठमाडौं ९ चैत । सुरक्षा परिषद्को बैठकले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने गरी नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।
सुरक्षा परिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि मन्त्रीपरिषदले नेपाली सेना निर्वाचनका लागि परिचालन गर्ने निर्णय गरिसकेको छ ।
रक्षामन्त्री बालकृष्ण खाँणले विगतको निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि मतपेटिकालाई मतदानस्थलसम्म पु¥याउने र मतदान सकिएपछि सम्बन्धित ठाउँसम्म पु¥याएर त्यसको सुरक्षार्थ सेना खटाउने निर्णय भएको बताएका छन् ।
बैठकले विगतको निर्वाचनमा जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहयोगीका रूपमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत प्रतिरक्षा नीति निर्माण गर्न कार्यदल गठन गर्नेसमेत बैठकले निर्णय गरेको छ ।