काठमाडौं ५ चैत
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पुराना तथा सार्वजनिक हितमा प्राथमिकताका फाइलहरु पल्टाउन सुरु गरेको छ ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पुराना तथा सार्वजनिक हितमा प्राथमिकताका फाइलहरु पल्टाउन सुरु गरेको छ ।
लेखा समिति सभापतिमा डोरनाथ उपाध्यायले प्राथमिकताका पुराना अड्किाए फाइल तथा निर्देशनहरुको कार्यान्वयन अवस्थाबारे अध्ययन अगाडी बढाइएको बताएका छन् ।
पुराना निर्देशनहरु सयको हाराहारीमा रहेको र त्यसमा पनि ४०/५० वटा महत्वपूर्ण रहेकाले तिनको कार्यान्वयनको अवस्थाबारे अध्ययन भईरहेको सभापति उपाध्यायले बताएका छन् ।
सभापति उपाध्यायले समितिले राष्ट्रिय सरोकारका विषय पहिलो प्राथमिकतामा राखेर काम गर्ने तथा यसअघि दिइएका निर्देशन कार्यान्वयन नभएका विषयहरुको सम्बन्धित सरोकारवालालाई नै राखेर सार्वजनिक सुनुवाई गर्ने योजनामा समिति रहेको जनाएका छन् ।
सभापति उपाध्यायले सत्तारुढ दलबाटै समिति सभापति हुनुले निर्णय प्रक्रियामा कुनै असर नपर्ने समेत बताएका छन् । ‘सत्ता पक्षले सँधै खराब गर्छ अनि प्रतिपक्षले सँधै राम्रो गर्छ भन्ने हुन्न,’ शनिबार पत्रकार भेटघाटमा उनले भने, ‘सही र खराब भन्ने कुरो निर्णय प्रक्रियाले देखाउँछ, निर्णय प्र्रक्रियामा म सचेत छु ।’
सभापति उपाध्यक्षले पार्टीका माथिल्ला तह तथा सोर्सफोर्सबाट आउने दबाबको सामना गरेर भ्रष्टचार रोक्ने र सुशासनको काममा लाग्ने जनाएका छन् । ‘ठूला मान्छेबाट दबाब आयो भने बरु पद छाड्छु तर आत्मसमर्पण गर्दिन, आत्म स्वाभिमान र अस्तित्व बेच्दिन,’ उनले भने ।
सभापति उपाध्यायले भ्रष्टचार क मगर्न सरकारले नीति तथा कार्यक्रम बनाउँदा देखि नै सचेत हुनुपर्ने देखिएको समेत बताएका छन् । ‘सरकारकै नीति तथा कार्यक्रमका समेत कतिपय मुद्धा हेर्दा सार्वजनिक हितका लागि जस्तो देखिन्छन्, तर अध्ययन गर्दै जाँदा कुनै न कुनै स्वार्थबाट अघि बढेको भेटिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले नीति कार्यक्रम ल्याउँदा नै ख्याल गर्नुपर्ने देखिन्छ ।’
Comments







