
रेल्वेमा उभिएको उनको यो अन्तिम तस्वीर सामाजिक संजालहरुमा भाइरल बनेको छ । स्थानीय प्रहरीका अनुसार फ्रेड्जानिया गर्भवती थिइन् । उनी एक रेलबाट उत्रिएर रेल्वेमा फोटो खिचाइरहेकी थिइन् । अर्को रेल आएर उनलाई ठक्कर दिएको थियो । उनकी आमा ह्याकेमी स्टीभन्सनले स्थानीय संचारमाध्यमलाई आफ्नी छोरी फोटो शुट गर्न चाहेको वा आत्महत्या गर्न चाहेकोबारे आफूले अहिलेसम्म नबुझेको बताएकी छन् ।
प्रहरीले यो घटनमा कुनै अपराधिक मामिल छ या छैन भन्नेबारे छानबिन सुरु गरेको जनाएको छ । अमेरिकाको संघीय रेल प्रशासनको तथ्यांकअनुसार गत वर्ष रेल लाइनमा भएका दुर्घटनामा ८१३ जनाको मृत्यु भएको थियो ।
Comments