काठमाडौं २ चैत
नयाँ संविधान अनुसार सरकारले ७ सय ४४ स्थानीय तह घोषणा गर्दै राजपत्रमा सुचना समेत प्रकाशित गरिसकेको छ । देशभरकै स्थानीय निकाय अर्थात गाविस तथा जिविस खारेजी हुँदै स्थानीय तह (पालिका) कार्यान्वयनको प्रक्रियामा आईसकेको बेला समाचारपत्र दैनिकले भने स्थानीय निकायले काम थालेको भनेर समाचार लेखेको छ ।
लामो समयदेखि स्थानीय निकाय भनिदैं तथा लेखिदैं आएकोमा समाचारपत्रले सामान्य ख्याल नगर्दा बुधबार प्रकाशित समाचारको दोस्रो मुख्य न्यूजको हेडलाइन नै गलत पर्न गएको हो । स्थानीय तहले काम थाल्यो भन्नुपर्नेमा हेडलाइनमा नै स्थानीय निकायले काम थालेको भनेर दिइएको छ । मंगलबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह कार्यान्वयन तथा कार्य शुभारम्भ अन्तर्गत ललितपुर महानगरपालिकाको उदघाटन गरेका थिए ।
अहिले देशभरका गाविस विघटन भएका छन् भने जिविस जिल्ला समन्वय समितिमा परिणत भएका छन् ।
यता, समाचारपत्रकै अर्को समाचारमा मधेसी मोर्चाको समर्थन फिर्ता भनेर हेडलाइनमा लेखिएको छ । यद्यपी, मोर्चाले सरकारबाट आफ्नो समर्थन फिर्ताको घोषणा गरेको छैन । समाचारपत्र एकै दिनमा दुईवटा समाचारमा चिप्लिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।