काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय टिमबाट प्रचार फिल्डमा निक्कै राम्रो जिम्मेवारी सम्हाल्दै आएका मनहरि तिमल्सिना बाहिरिएका छन् ।
स्वकीय उपसचिवका रुपमा कार्यरत तिमल्सिनाले पदबाट दिएको राजीनामा प्रधानमन्त्रीको सचिवालयले स्वीकृत समेत गरेकाे छ ।
तिमल्सिनाले आफ्नो घरायसी तथा अन्य व्यावहारिक कारण जनाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरासमक्ष यही फागुन २६ गते राजीनामा दिएका थिए । त्यसको दुई दिनपछि उनको राजीनामा स्वीकृत भएको हो ।
प्रमुख स्वकीय सचिव महराले तिमल्सिनाको राजीनामा स्वीकृत गर्दै उनले सचिवालयमा रहेर पुर्याएको योगदानप्रति आभार प्रकट गरेको सचिवालयले जनाएको छ ।
तिमल्सिनाले प्रधानमन्त्री प्रचण्डको सचिवालयमा बसेर प्रचारको फिल्डमा सशक्त रुपमा सहयोग पुर्याउँदै आएका थिए ।