काठमाडौं २३ फागुन

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मोर्चाले सरकारको समर्थन फिर्ता लिदैं आन्दोलनको घोषणा समेत गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आयोजना गरेको मेची महाकाली अभियानका क्रममा सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्यु भएलगतै राजधानीमा मोर्चाकोे आकस्मिक रुपमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
मोर्चाका नेता केशव झाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र भोलि (मंगलबार) औपचारिक रुपमा रुपमा सभामुखलाई सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउने जानकारी दिए ।
मधेसी मोर्चाले गोली हानि निधन भएको भन्दै आन्दोलन अन्तर्गत भोलि र पर्सि मधेसमा बन्द गर्ने निर्णय समेत गरेको छ । नेता झाले गोली हानी हत्याको विरोधमा मंगलबार र बुधबार मधेस बन्दको घोषणा गरिएको बताए ।
मोर्चाका घटकले प्रधानमन्त्रीको निर्वाचनमा पुष्पकमल दाहालको पक्षमा भोटिङ गरेको थियो । यद्यपी मोर्चाका कुनै पनि घटक सरकारमा सहभागी बनेका थिएनन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।