काठमाडौं १ फागुन । सरकराले नेपाल प्रहरीको महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा आइतबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले चन्दलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको हो । 
वरिष्ठताक्रम मिचेर उनलाई आइजीपी बनाइएको भन्दै विरोध भईरहेकै बाबजुद सरकारले उनलाई नियुक्त गरेको हो ।  वरिष्ठताक्रममा एक नम्बरमा नवराज सिलवाल र दुई नम्बरमा प्रकाश अर्याल थिए । चन्द तेस्रो नम्बरमा थिए । चन्दले हाल लागुऔषध ब्यूरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए ।  
यसैगरी, आइतबारकै मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी बलको प्रमुखमा सिहंबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।