काठमाडौं ११ माघ
नेपाली कांग्रेस निकट एक महिला सांसदलाई नेपाल प्रहरीका एक जना एसपीले राती फोन गरेर जिस्काएपछि खैलाबैला मच्चिएको छ ।
महोत्तरीका एसपी नलप्रसाद उपाध्यायले महिला सांसदलाई राती फोन गरेर चिसोमा सुत्न एक्लै गाह्रो होला हई भनेपछि उनी कारबाहीमा समेत परेका छन् । उनी कारबाही स्वरुप प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
उपाध्यायको व्यवहारबारे ती महिला सांसद्ले गृहमन्त्री विमलेन्द्र निधिलाई जानकारी गराएकी थिइन् । निधिले घटनाबारे प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई जानकारी गराएपछि प्रधान कार्यालयले कार्वाहीका लागि उनलाई सोमबार हेडक्वाटर बोलाएको हो ।