काठमाडौं ७ माघ
माओवादी केन्द्रका कोटाबाट सुचना तथा सञ्चारमन्त्री बनेका राम कार्कीले पार्टी निकटलाई बाईपास गरेर अन्य व्यक्ति नै नियुक्त गरेपछि मन्त्री कार्कीको चर्को विरोध भईरहेको छ ।
जनयुद्धको सुरुवाती चरणदेखि नै माओवादी पार्टीमा लागेका दिपेन्द्र रोकाया अन्तिम तीन जनामा परेकोमा रोकायाको नाम नै नलिई कार्की मन्त्रीपरिषद पुगेका थिए । कार्कीले सुरेश कुमार कार्कीको नाम मन्त्रीपरिषद बैठकमा लगेपछि बैठकले त्यसैलाई पारित गरेको थियो ।
उक्त निर्णयसँगै रेडियो नेपालको कार्यकारी पक्कापक्की जस्तै भनेर चर्चा गरिएका रोकायाले भने कार्कीले कार्कीलाई नै नियुक्त गर्नु के ठूलो भन्नु नातावादको प्रसंग उठाएर व्यंग्य गरेका छन् । उनले व्यंग्यात्मक शैलीामा प्रचण्ड सरकारलाई धन्यवाद समेत दिएका छन् ।
हेर्नुहोस् उनको फेसबुक स्टाटस
‘बुद्धले दुःखको कारण अज्ञानता हो भनेका थिए । मेरो विचारमा थाहा पाउनु पनि महादुःख हो । आजको मन्त्रिपरिषद्ले कार्की मन्त्रीको प्रस्तावमा कार्की छनौट समितिबाट कार्कीलाई नै रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्ति गरेछ । यसबीचमा मलाई सहानुभूति राख्ने सबैखाले मित्रहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु । मेरा शुभचिन्तकहरुलाई भन्दछु, मैले योभन्दा ठुलो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले यस्तो भइरहेको छ भन्ने बुझी दिनु होला । स्मरण गर्दछु कि २०५२ सालमा १९ दिन उमेर नपुगेर गाविस प्राविधिकमा काम गर्न नपाउँदा यहाँसम्मको प्रगति गर्न पाएको छु । धन्यवाद प्रचण्ड नेतृत्वको सरकारलाई !’
यता, प्रेस सेन्टर नेपालकी उपाध्यक्ष लक्ष्मी पुनले पनि नियुक्तिको चर्को विरोध गरेकी छिन् । उनले जनयुद्धलाई आधा जिन्दगी सुम्पेका र युद्धकाल पुर्वको गणतन्त्र रेडियो चलाउने युद्ध पत्रकार तथा नाफाको जिन्दगीका लेखक दिपेन्दैया रोकाया दाई रेडियो नेपालको कार्यकाी निर्देशका लागि अनितम ३ जनाको छनौटम पर्न सफल हुनु भएको भन्दै पुरानै फोरमले नियुक्ति गरेको कार्यकारीलार्य फेरि पनि थमोती गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।
रेडियो नेपाल पार्टी भन्दा बाहिरकालाई नियुक्त गरिएपछि प्रेस सेन्टरमा खैलाबैला मच्चिएको छ ।
Comments