काठमाडौँ, २ माघ । अब फेरि निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकरको विषय अघि बढ्ने भएको छ ।
व्यवस्थापिका संसदको लेखा समितिले सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकरको विषयमा तीन महिनाभित्र आवश्यक निर्णय गर्न सरकारलाई निर्देशन दिएसँगै अब यो प्रक्रिया अघि बढ्ने भएको हो ।
समितिको आइतबार बसेको बैठकले एनसेलको करका विषयमा तत्काल निर्णय गर्न र कुनै पनि अर्थमा छुट नदिनसमेत अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा अर्थसचिव शान्तराज सुवेदीले एनसेलको लाभकर उठाउन कार्यतालिका बनाएर काम भइरहेको बताएका थिए । उनले आगामी केही महिनाभित्र कर निर्धारण गरेर आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी समेत दिएका थिए ।
एनसेलले सेयर खरिद बिक्रीबापत् तिर्नुपर्ने सम्पूर्ण कर नतिरेको विषय लामो समयदेखि विवादित बन्दै आएको छ ।
Comments